Connect with us
Kapilvast Forest

कपुरकोट बजार आजदेखि खुल्ने

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

kapuri gaupalika

सल्यान-सल्यानको कपुरकोट बजार आजदेखि खुल्ने भएको छ ।भदौ १८ गतेदेखि सिल गरिएको सल्यानको कपुरकोट बजार सोमबार मध्यान्ह १२ बजेदेखि खोल्ने निर्णय भएको हो।

गाउँपालिकाको सोमबार विहान बसेको बैठकले बजार खोल्ने निर्णय गरेको हो।सरोकारवालाहरुको परामर्शका आधारमा बजार खोल्ने निर्णय गएिको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनु भयो ।

भदौ १८ गतेदेखि कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नं। वडा कार्यालय, तरकारी बजार तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरू बन्द गरिएको थियो।

कपुरकोट गाउँपालिका अन्तर्गत वडा नम्बर ३ मा एक जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १८ गते राति १० बजेबाट कपुरकोट बजार क्षेत्र सिल गरिएको थियो।

पछिल्लो समय संकलिन नमूना सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बजार खोल्ने निर्णय भएको अध्यक्ष सेनले बताउनु भयो ।यसैबीच, सल्यानमा मास्क कारबाहीबाट आइतबारसम्म एक लाख ६९ हजार राजश्व संकलन भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,