Connect with us
Kapilvast Forest

साईबाबा खानेपानीको अध्यक्षमा चौधरी

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

saiba-babai-khane-paani

 राम अवतार चौधरी ,कपिलवस्तु-साईबाबा खानेपानी तथा सरसफाई योजना कार्य समितिको अध्यक्षमा मिर्जा प्रसाद चौधरी निर्विरोध चयन भएका छन् । जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा अवस्थित योजनाको कार्य समितिमा शनिबार एक कार्यक्रमका बीच पदाधिकारीहरु चयन हुनु भएको हो ।

जसको उपाध्यक्षमा श्याम चौधरी, सचिवमा विदेशनी थारु, सह–सचिवमा अजय चौधरी र हेलवा थारु लगायतका पदाधिकारीहरु चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा प्रमिला चौधरी, त्रिलोक वि।क, नवीन थारु, निलम थारु, पञ्चराम चौधरी र जितेन्द्र थारु लगायत कार्य समितिमा निर्विरोध चयन भएको साईबाबा खानेपानी तथा सरसफाई योजना समितिले जनाएको छ ।

यसैबीच हाल निर्वाचित भएका योजना समितिको अध्यक्ष चौधरीले विगत लामो समय देखि जीर्ण रहेको योजना तथा समितिलाई पूर्णरूपमा अगाडि बढाउने कार्यलाई निरन्तरता दिने उहाँले बताए ।

अध्यक्ष चौधरीले भने पूर्ण रूपमा स्वच्छ खानेपानी नपुगेको घरमा पु¥याउने योजना तथा उद्देश्य रहेको जनाए । त्यस्तै स्थानीयले स्वच्छ खानेपानी प्रयोग गरे स्वास्थ रहने बताउँदै अगामी समयमा खानेपानी तथा सरसफाइ योजना समितिको आफ्नै भवन तथा कार्यालय निर्माण गरि व्यवस्थापन कार्यलाई प्रथमिकता दिने अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,