Connect with us
Kapilvast Forest

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

corona

काठमाडौं– चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये चितवनका संक्रमितहरू भरपुर अस्पतालको स्वाब संकलन केन्द्र र पूरानो मेडिकल कलेज तथा क्वारेन्टिन स्थलमा संकलन गरिएको स्वाबमा पोजेटिभ आएको हो ।

अन्य जिल्लाका संक्रमितहरु बीपी कोइराला मेमोलियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।यस्तै चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १९ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका ११ जना, रत्ननगरका ६ र खैरेनीका २ जना गरी चितवनका १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हेटौँडाका ६ जना, वकैया, मनहरीका एक/एक जना गरी मकवानपुरका ८ जना, शुक्लागण्डकी र भानुका एक/एक जना गरी तनहुँका २ जना तथा नवलपुर देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,