Connect with us
Kapilvast Forest

गुल्मीमा होटल सञ्चालक युवकको हत्या गरी धनमाल चोरी

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

kutnu

 

गुल्मी -गुल्मीको इस्मा गाउँपालिका-२ का एकजना युवकको हत्या भएको छ । वडानम्बर- १ स्थिति हस्तिचौरको छिन्ना खेलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनु भयो ।

मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल छिन्ना खोलामा सञ्चालन गर्दै आएका थिए । मृतकका दाइ सोमबार बिहान आउँदा भाइलाई रगताम्य र अचेत अवस्थामा फेला पारेका थिए ।

अचेत अवस्थामा उनलाई गुल्मी अस्पताल तम्घास ल्याएको भए पनि केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कुँवरको टाउको र शरीरको अन्य भागमा चोट छ ।

होटेलबाट ३५ हजार नगद, १० हजार बराबरको एनसेलको रिचार्ज कार्डलगायत सामान पनि चोरी भएको प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिनु भयो ।मोतीको कुटपिटबाटै ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,