Connect with us
Kapilvast Forest

बलात्कार आरोपमा गौशालाका एक जना प्रहरी पक्राउ

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं -युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङलाइ प्रहरी पक्राउ गरेको छ ।

गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीका अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको हो । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरी दर्ता भएपछि प्रहरीले उहाँको स्वास्थ्य परीक्षण समेत गराएको छ ।अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,