Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लकडाउन खुकुलो भोलि देखि बजार १ बजेसम्म खुल्ने

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

jila-parsasan-kapilvastu.

कपिलवस्तु-कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न कपिलवस्तु प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ । आज बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ ३१ गते १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको हो ।

आज बसेको बैठकले होटल, चियापसल तथा खाजाघर बाहेकका अन्य सबै पसलहरु खोल्ने निर्णय गरेको हो ।भोलिबाट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सम्पूर्ण बजारहरु खुल्ला गर्ने निर्णय गरेको छ । निजी सवारी साधन जोर बिजोरमा चल्ने छन भने सार्वजनिक सवारी साधन भने पूर्ण रुपमा बन्द रहने निर्णय गरेको छ ।

प्रशासनले जारी गरेको आदेशमा अत्यावश्यकीय वस्तु र सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायत क्षेत्रका गाडी सञ्चालनमा भने कुनै पनि किसिमले रोक लगाइएको छैन, सबै किसिमका उध्योग र प्रतिष्ठान खुल्ला गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने ब्यवस्था गरेको छ ।  सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,