Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशसभा सचिवमा नियुक्त पोखरेल सभामुखबाट लिए सपथ

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

gandaki

पोखरा – गण्डकी प्रदेशसभाको सचिवमा अधिवक्ता हरिराज पोखरेल नियुक्त हुनु भएको छ ।प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार पोखरेललाई नियुक्तगर्नु भएको हो । पोखरेललाई सोमबार सभामुख नेत्रनाथ अधिकारीले सचिवालयमा पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

नेपालको संविधानको १९५ को उपधारा १ ले सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्न सक्ने व्यवस्था छ । पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका पोखरेलले प्रदेशसभामा नेकपाको बहुमत रहेका बेला प्रदेश सभाको सचिवको जिम्मेवारी पाउनु भएको हो ।पोखरेलले लामो समयदेखि पोखरामा रहेर वकालत गर्दै आउनु भएको छ ।

पोखरेल नेकपा प्रवेश गर्नुअघि कांग्रेसको राजनीति गर्ने गरेको तत्कालीन माओवादीमा प्रवेश गराउन भूमिका खेलेका एक नेताले बताउनु भयो । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल अब ५ वर्ष प्रदेश सभाको सचिवको जिम्मेवारीमा रहनुहुने छ ।कानुनअनुसार प्रदेश सभा सचिवको मर्यादाक्रम प्रदेशको प्रमुख सचिवसरह नै रहने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,