Connect with us
Kapilvast Forest

४७ वटा हिमताल विस्फोट हुने जोखिममा

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

himtala ncn

 

 काठमाडौं –कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ४७ वटा हिमताल विस्फोट हुने जोखिममा रहेको एक अध्ययनले देखिएको छ ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले त्यस क्षेत्रका ३ हजार ६२४ मध्ये ४७ हिमताल जोखिममा रहेको निश्कर्ष निकालेको हो ।

सोमबार सार्वजनिक ‘इन्भेटोरी अफ ग्ल्यासियल लेक: एण्ड आइडेन्टिफिकेसन अफ डेन्जरस ग्ल्यासियल लेकस इन दि कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल, दि तिब्बत अटोनोमस रिजन अफ चाइना एण्ड इन्डिया’ शीर्षकको प्रतिवेदन अनुसार जोखिमयुक्त हिमताल मध्ये २१ वटा नेपालमा छन् ।

त्यस्तै, २५ वटा चीनमा र एउटा हिमताल भारतमा पर्छ । ४७ मध्ये ४२ वटा हिमताल कोशी जलाधार क्षेत्रमा, तीन वटा गण्डकी र दुई वटा कर्णाली (काली महाकाली) जलाधार क्षेत्रमा छन् ।

इसिमोडका डेभिड मोल्डेन र युएनडिपीका ए।एम। लबेद्वारा बेवीनारमार्फत सार्वजनिक प्रतिवेदनमा बाँधको विशेषता, स्रोत, हिमतालको क्षेत्रफलको फैलावटको परिवर्तन र हिमताल आसपासको बनावट आदिको विश्लेषण गरे जोखिमयुक्त हिमताल पहिचान गरिएको उल्लेख छ ।

भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनालले गरेको अध्ययन अनुसार भोटेकोशीको लुमुचिमी ताल फुट्यो भने १६ हजार, दुधकोशीको इम्जाबाट ७ हजार ७६२, तामाकोशीको च्छो–रोल्पाबाट ५ हजार र मस्र्याङ्दीको थुलगीबाट करिब ४ हजार प्रभावित हुने देखिन्छ ।नेपालले अहिलेसम्म २१ वटा हिमताल विस्फोटले निम्त्याएको बाढी र क्षति भोगिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,