Connect with us
Kapilvast Forest

कपिलवस्तुमा कोरोना संक्रमणबाट पत्रकारको निधन

२०७७, २२ भाद्र सोमबारमा प्रकाशित

corona

काठमाडौ । कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।

विगत तीन दसकदेखि कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गर्दै आएका उनको सोमबार दिउँसो अस्पताल पुर्‍याउँदा मृत्यु भएको हो।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्ष रहेका उनको स्वाब संकलन गरी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणको लागि पठाइएकोमा मृत्यु भएपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

उनका दुई छोराहरूमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो। छोराहरुलाई संक्रमण पुष्टि भएपछि उनी स्वाब संकलन गर्न दिएर होम आइसोलेसनमै बसेको अवस्थामा सोमबार अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।

लामो समयदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापका बिरामी थिए। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,