Connect with us
Kapilvast Forest

कोरोना भाईरस सोचें जस्तो कमजोर भाइरस हैन अफवा नफैलाउँ: संक्रमित डा. कार्की

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

doctor karki

काठमाडौँ– ‘प्लाज्मा थेरापीबाट उपचार गराउनु भएका नेपालको पहिलो व्यक्ति डा.ज्ञानेन्द्रमान सिंह कार्कीले संक्रमणलाई सरल रुपमा नहेर्न आग्रह गर्नु भएको छ ।उहाँ प्लाज्मा थेरापीबाट उपचार गर्ने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ।

कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।

केही समय अगाडि कोरोना भाइरस संक्रमित भएका डा। ज्ञानेन्द्रमान सिंह कार्कीले संक्रमणलाई सरल रुपमा नहेर्न र खेलाँचीका रुपमा नलिन सबैलाई आग्रह गर्नु भएको छ। डास कार्कीले सोमबार स्वस्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आफू संक्रमित भएका बेला भोगेका भोगाइ सुनाउँदै हरेक कदममा साबधानी अपनाउनु गर्ने बताउनु भएको हो ।

अहिले पनि सामाजिक सञ्जालमा मात्र नभएर कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले यो भाइरस केही पनि होइन,हामी पीपीई लगायत कुनै पनि साबधानी नअपनाएर पनि काम गर्न सक्छौँ। अस्पताल जानु पर्दैन। तातोपानी, बेसारपानी खानुपर्छ जस्ता कुराहरु देख्न पाइन्छ।

यस्ता कुराले सरकारको, स्वास्थ्यकर्मीको प्रयासलाई धमिल्याउन खोजिएको जस्तो देखिन्छ। तर तपाईँहरु झुक्किएर पनि कोरोना भाइरसको संक्रमणलाई हलुकासँग नलिनुहोस्। संक्रमण भनेको केही पनि होइन भन्ने भूल भएको बताउनु भयो ।

एकछिन त हो भन्दै जथाभावी रुपमा हिँड्डुल गर्न नहुने बताउँदै उहाँले भन्नु भयो , ‘संक्रमणले न युवा भन्छ, नाबालक भन्छ, न वृद्धा होस्। संक्रमित भइसकेपछि यसले कुन रुप लिन्छ भन्ने कुराको अनुमान आफू संक्रमित नहुन्जेल लगाउन सकिँदैन।’

संक्रमणबाट बच्नका लागि सरकारले भन्ने गरेका स्वास्थ्यका मापदण्डको पालना गर्ने हो भने केही हदसम्म संक्रमणबाट जोगिन सकिने बताउनु भयो।

डा.कार्कीलाई एक महिना अगाडि संक्रमण पुष्टि भएको थियो। अस्पतालकै आइसोलेसनमा १४ दिन बसेरउहाँ गत शनिबार कोरोना जित्नु भयो । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन ।

सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा। रिसालले भन्नु भयो , ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उहाँको बुझाइ छ ।संक्रमण देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा उपचाररत डा। कार्कीलाई रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो।

अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उन भनाइ छ ।कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको बताउनुभयो । , “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने बताउनु भयो । , “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।” त्यसैले सबैलाइ सचेत रहन आग्रह गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,