Connect with us
Kapilvast Forest

कम्बोडियामा हप्तामा तीन दिन विद्यालय जाने गरी विद्यालय खुल्न थाले

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

school

एजेन्सी-कोरोनाभाइरसको महामारीका कारण झण्डै छ महिनादेखि बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन्।

शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनु भयो।

पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उहाँले बताउनु भयो।

निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने व्यवस्थारू समावेश गरिएको छ।
सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटरको मापदण्ड बनाइएको पनि निर्देशिकामा उल्लेख गरिएको छ।

त्यसैगरी कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा विद्यालयमा प्रवेश गर्न नदिइने भएको छ।

कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी राखिने छैनु, मन्त्री नारोनले भन्नु भयो।मन्त्री नारोनका अनुसार हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ।

कम्बोडियालाई कोरोनाभाइरसको महामारी रोक्न सफल देशका रुपमा लिइएको छ। दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा अहिलेसम्म कोरोनाका कारण २७४ जना संक्रमित भएका छन्।

कूल संक्रमितमध्ये २७२ जना संक्रमणमुक्त भइसकेका छन् भने अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,