Connect with us
Kapilvast Forest

रेलमार्गको विवादित ५४ वटै ठेक्का तोडियो

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

rel marga

काठमाडौं – पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा- इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो ।रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छ।

जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको थियो । जग्गा अधिग्रहण पनि नगरी हतार-हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ ।

रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन छन् ।न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले ठेक्का रोक्ने अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गैरकानुनी रुपम अघि बढाइएको ठेक्का रोक्ने कानुनी बाटोसमेत बन्द भएको थियो।त्यस्तै अख्यितारमा परेको उजुरीमा पनि आयोगले छानबिन नै नगरी तामेलिमा राख्ने निर्णय गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,