Connect with us
Kapilvast Forest

राष्ट्रियसभामा वामदेवलाई लैजाने निर्णय बदर गर्न विवेकशीलको माग

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

Bam-Dev-Gautam

काठमाडौँ — विवेकशील नेपाली दलले राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय बदर गर्न माग गरेको छ ।

पछिल्लो समय राष्ट्रियसभामा प्रत्यक्ष निवार्चन हारेका व्यक्तिहरुको व्यवस्थापनको थलो बनाउन लागिएको भन्दै दलले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ ।

दलका तर्फबाट बागमती प्रदेश सभा सदस्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभामा आफूले सिफारिस गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे गम्भीर ढंगले विचार गर्न राष्ट्रपतिलाई पनि आग्रह गरिएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई संविधानको भाग ८, धारा ८६ (ख) बमोजिम राष्ट्रिय सभामा मनोनयन गरिने नेकपा सचिवालयको निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। नेकपाको यो निर्णय निम्न लिखित कारणहरूले अनुपयुक्त छ भन्ने हाम्रो ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा पराजितहरुलाई जम्मा गर्दा सभाको गरिमा घट्ने पनि दलले बताएको छ । ‘यसअघिका यस्तै प्रकृतिका मनोनयनहरू गम्भीर रूपले विवादित र आलोचित भैसकेको दृष्टान्त बिर्सेर पुनः गैर संवैधानिक र अलोकतान्त्रिक कार्यमा लागिरहने यो कम्युनिस्ट सरकारबाट मतदाता र आम नागरिकहरू आजित भैसकेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

दलले मन्त्री र उपप्रधानमन्त्रीका रुपमा वामदेवको पटप पटक परीक्षा भइसकेको उल्लेख गर्दै भनेको छ, ‘बहुदल कालदेखि मौलाएको र हालसम्म निरन्तरता पाएको सङ्गठित सुन तस्करी, सांसद खरिद-बिक्रीदेखि गणतान्त्रिक नेपालमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रकरणसम्म वामदेवको भूमिका सबै नेपाली नागरिकका माझ जगजाहेर नै छ ।’

यस्तै प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई लल्कार्दै गौतमले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रियसभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको पनि दलले दावी गरेको छ ।

नेकपा उपाध्यक्ष एवं सचिवालय सदस्य गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गर्ने खाली सिटमा सिफारिस गर्ने निर्णय भदौ १८ को नेकपा सचिवलायले गरेको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,