Connect with us
Kapilvast Forest

अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

corona death

अर्घाखाँची- अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेका अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ का ४२ बर्षीय पुरुषको मंगलबार विहान ९.२० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

ट्रिपर चालक पुरुष साउन २७ गते दुर्घटनामा परी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा भदौ ४ गते स्वाब लिएर परिक्षण गर्दा भदौ ५ गते रिपोर्ट पोजिटिभ आएको थियो । सोही दिन उनलाई युनिभर्सलले भैरहवाकै भिम अस्पतालमा पठाएको थियो ।

त्यसपछि उनलाई थप उपचारका लागि भदौ ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । गम्भीर खालको निमोनियाबाट ग्रसित ती पुरुषको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यसअघि पनि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाहिरी जिल्लाबाट आई उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो । ती मध्ये एक जना कैलाली र अर्का एक जना अछामका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,