Connect with us
Kapilvast Forest

निजामति दिवसको अवसरमा नगर परिसर सरसफाई

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

buddhami-sarsafaii

 

राम अवतार चौधरी,कपिलवस्तु-बुद्धभूमि कर्मचारी मिलन केन्द्रले १७औँ निजामति सेवा दिवसको अवसरमा नगर परिसर सरसफाई तथा विविध विशेष कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका तथा बुद्धभूमि कर्मचारी मिलन केन्द्रको संयुक्त आयोजनामा “स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ सरसफाई तथा विविध कार्यक्रम सोमबार सम्पन्न गरिएको हो ।

१७औं निजामति सेवा दिवसको उपलक्ष्यमा बुद्धभूमि नगरपालिका तथा बुद्धभूमि कर्मचारी मिलन केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा नगर प्रमुख केशब कुमार श्रेष्ठ, नगर उप–प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, विभिन्न शाखाका प्रमुखहरु, स्वास्थ्य चौकी इन्र्चाजहरु, वडा अध्यक्ष लगायत नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको सक्रियता तथा सहभगितामा नगर परिसर सरसफाई तथा विविध कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

यसै बीच कोभिड–१९ तथा कोरोना संक्रमित रहेका आइसोलेसनमा उपचाररत सुत्केरी महिलालाई पोषण आहारा सहयोग स्वरुप मिलन केन्द्रको तर्फबाट स्वास्थ्य शाखा प्रमुख खुबिराम खनाललाई १ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत तथा मिलन केन्द्रका संयोजक राम प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरी सोही कार्यक्रमको अवसर पारी बुद्धभूमि नगरपालिका तथा बुद्धभूमि कर्मचारी मिलन केन्द्रको संयुक्त रुपमा नगर प्रमुख केशव कुमार श्रेष्ठ ,नगर उप–प्रमुख मिरा थारु ,प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल र मिलन केन्द्रका संयोजक राम प्रसाद भट्टराई लगायतको सहभागितमा लैङ्गिक हिंसामा परेका महिलाहरुको आश्रय केन्द्र साथी संस्था तौलिहवाका प्रतिनिधि पुष्पा रेग्मी र सुष्मा शर्मालाई २ सेट ग्यास चुल्हो तथा २ वटा टेबल पंखा हस्तान्तरण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता पवन कुमार थारुले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,