Connect with us
Kapilvast Forest

कांग्रेसले बिपी जयन्तीलाई जुमबाट भिडिओ संवाद गरि मनाउने

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसले बिपी कोइरालाको १०७ औं जन्मजयन्ती जुमबाट भिडिओ संवाद गरि मनाउने भएको छ।कोरोनाको प्रतिकूल समय रहेकाले भिडिओ संंवादमार्फत् बिपी जयन्ती मनाउन लागिएको जनाइएको छ। बुधबार परेको बिपी जयन्तीमा संवादको पहिलो बहसको विषय ‘बिपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ राखिएको छ।

बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राख्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रमलाई केन्द्रीय कार्यालयले संयोजन गर्नेछ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने उक्त कार्यक्रमको वक्ता उपसभापति विमलेन्द्र निधि र परराष्ट्र विज्ञहरु हुनेछन्।

तेश्रो दिन शुक्रबार ‘विचार निर्माण एवं प्रचारमा बिपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रमको संयोजन सूचना, संचार तथा प्रचार विभाग गर्नेछ।

विभिन्न कार्यक्रम आयोजना गरेर बिपी जयन्ती मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गत साता गरिएको थियो। अनिवार्य रुपले भौतिक दूरी र मास्क प्रयोग गरेर कार्यक्रम गर्न परिपत्र गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,