Connect with us
Kapilvast Forest

गाई–भैँसीलाई सुत्केरी भत्ता,कृषि गर्नेलाइ प्रोत्साहन भत्ता

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

sandikharka

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई पनि सुत्केरी भत्ता दिने भएको छ ।नगरपालिकाले प्रोत्साहनस्वरुप पहिलो पटक सुरु गरेको गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।

गाई–भैँसी सुत्केरी भएको समयमा किसान लाई आवश्यक पर्ने सामाग्री खरिद गर्न सहज होस भनेर कार्यक्रम संचालन गरीएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

भत्ता लिन गाई–भैँसी सुत्केरी भएको २ महिना अवधि भित्र वडा कार्यालयको सिफारीस नगरपालिकामा बुझाउनु पर्ने कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।

नगरपालिकाले कृषि पशु व्यावसायलाइ चौडा बनाउन नगरपालीकाले यस्तो ब्यवस्था गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टाईले जानकारी दिनुभयो ।

त्यस्तै पशु बिमा गर्ने किसान लाई ५० प्रतिशत लगानी गरिदिने भएको छ ।यस्तै, नगरपालिकाले खेतीयोग्य जमिन बाँझो हुन नदिन र नगरभित्रका खेतीयोग्य बाँझो जग्गा पहिचान गरी समुचित उपयोगको व्यवस्था मिलाइ बाझो जमिन सदुपयोग गर्ने लाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयासमेत नगरपालिकाले दिनेभएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,