Connect with us
Kapilvast Forest

विवेकशील दल द्वारा वामदेवलाई राष्ट्रिय सभामाखसिफारिस नगर्न माग

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

bamdev

काठमाडौं- विवेकशील नेपाली दलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्न माग गरेको छ।

प्रतिनिधिसभाको चुनावमा हारेका उम्मेद्वारलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयप्रति ध्यानाकर्षण भएको सो दलले जनाएको छ।विज्ञप्ति निकाल्दै गौतमलको सिफारिसले राष्ट्रिय सभाको गरिमा घटाउने बताएको हो।

राष्ट्रिय सभामा दश प्रतिशत भन्दा बढी सदस्यहरू कुनै न कुनै पछिल्लो निर्वाचनमा पराजित पात्रहरू जम्मा हुनुले दिने सन्देश के होरु यस्तो क्रियाकलापले राष्ट्रिय सभाको गरिमालाई घटाउँछ कि बढाउँछ, विज्ञप्तिमा लेखिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्था भए पनि गौतमले आफैले मन्त्री बन्न राष्ट्रिय सभामा जान लागेको अभिव्यक्ति दिएकाले उनलाई सांसद बनाउनु गैरसंवैधानिक भएको दलको दावी छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,