Connect with us
Kapilvast Forest

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि

२०७७, २३ भाद्र मंगलवारमा प्रकाशित

Dr-Shashanka-Koiralal.jpg

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो सोमबार साँझ स्वाब परीक्षणको लागि ह्याम्स अस्पताल दिएकोमा आज बिहान ११ बजे आएको रिपोर्टमा पनि उहाँको रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसपछि पुन बिहान स्वाब परीक्षण गरिएको थियो। केहीबेर अघि आएको रिपोर्टमा पनि उहाँको नतिजा पोजेटिभ देखिएको हो। शशांकलाई ज्वरो आएपछि स्वाब परीक्षण गरिएको हो।

परिवारका अन्य सदस्य र सुरक्षाकर्मी गरी ११ जनाको स्वाब भने स्टार अस्पतालमा परीक्षणको लागि दिइएको छ। उनीहरूको रिपोर्ट आएको छैन। पछिल्लो समय विनोद चौधरीसँग पटक-पटक छलफलमा रहेका कोइरालामा कोरोनाको स्रोत त्यही भएको बताइएको छ। चौधरी कोरोनामुक्त भइसकेका छन्

। कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,