Connect with us
Kapilvast Forest

आज देशभर पानी पर्ने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

rain

काठमाडौं- देशभर अहिले मौसम बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा को मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ।

प्रदेश नम्बर एक, दुई, बागमती , गण्डकी र पाँच नम्बर प्रदेशका केहि स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। गए रातीदेखि थप सकृय बनेको मौसम अबको तीन दिनसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ।

गएराति काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा मेघ गर्जन सहित हल्का देखि मध्यम खालको पानी परेको थियो। उपत्यकामा ३ दशमलव २ मिलीमिटर वर्षा मापन भएको थियो।

बिहानैदेखि बदली भएर हल्का पानी परेको उपत्यकाको मौसम बेलुकीसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ। यसैबीच आज विशेषगरी नारायणी नदी र यसका सहायक नदीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तिनाउ र यसका केहि सहायक नदीमा पनी पानीको बहाव बढ्ने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २४ गते (बुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २५ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २६ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,