Connect with us
Kapilvast Forest

बिदेशमा रहेका छ लाखभन्दा बढी नेपाली फर्कन चाहन्छन

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

छ लाखभन्दा बढी नेपाली फर्किने

काठमाडौ- कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ ।

त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययनप्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन ।गोरखापत्रमा समाचार छ ।

विदेशबाट पैसा लिएर फर्किने, सीप र थोरै पैसा लिएर फर्किने र पैसा सबै गुमाएर फर्किने तीन किसिमका जनशक्ति भएकाले त्यसलाई अध्ययन गरेर सबै गुमाएर फर्किनेलाई प्राथमिकता दिएर उसको क्षमताका आधारमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हो । ”

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशी तथा स्वदेशी रोजगारीमा परेका असर, बेरोजगारीको अवस्था र सम्भावित रोजगारीका अवसरका विषयमा अध्ययन गर्न योजना आयोगका सदस्य फुयालको नेतृत्वमा गत वैशाखमा गठन गरिएको हो । कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक÷एक जना सहसचिवको सहभागिता रहेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,