Connect with us
Kapilvast Forest

कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

pakrau fiture

काठमाडौं-कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ परेका छन् ।हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताउनुभयो ।

कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरु श्रीमान–श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपालीतथा भारतीय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण विवरण नखुलाएको अरब टाइम्सले जनाएको छ ।

मदिरा उत्पादन केन्द्रबाट एक सय ७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ गरिएको जनाएको छ । यसै हप्ता पनि अबैध मदिरासहित दुई नेपालीलाई पक्राउ गरेको थियो । कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक मानिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,