Connect with us
Kapilvast Forest

लकडाउनको शैली बदल्नु पर्छ…

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

प्यार अलि खाँन, दाङ-
जिल्लामा जारी लकडाउनको स्वरुप परिवर्तनप्रति दाङका उधोगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन्।
लकडाउनको शैली परिवर्तन नगरे व्यवसायीहरुको बिल्लीबाठ हुनेतर्फ उनिहरुले सरोकारवाला पक्षलाई घचघच्याएको हुन्।
भाद्र २१ गते घोराहीमा बसेको जिल्ला सुरक्षा समितिको वैठकले जिल्लाभर विहान १२ बजेसम्म मात्र व्यापारीक प्रतिष्ठान उधोग व्यापार, वित्तिय संस्था तथा बैंकहरु संचालन गर्नदिने निर्णय गरेको थियो भने सार्वजनिक यातायात पुर्णरुपमा बन्द तथा निजि सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गरेको छ।
‘१४ घण्टा खुल्ने व्यापार व्यवसाय ४/५ घण्टा खुलाएर हुन्छ त?’ दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले भने, ‘जारी लकडाउनको ओचित्य नै छैन।’ लकडाउनमा पीसीआर परिक्षणको दायरा नबढेकोप्रति भुषालले असन्तुष्टि जनाए। ‘एक हप्ता पुरै ठप्प पार्ने पिसिआर जम्मा १५ सय टेष्ट गर्ने?’ भुषालले भने, ‘व्यवसायीहरुले बाँच्नकै लागि भएपनि सुरक्षा सावधानी अपनाएर व्यवसाय संचालन गर्नुको विकल्प छैन।’
‘यो लकडाउनको कुनै मतलब नै भएन।’ लमही उधोग वाणिज्य संघका अध्यक्ष रत्नप्रशाद श्रेष्ठले भने, ‘व्यवसायीहरुले आत्महत्या नै गर्नुपर्ने स्थिति आउन थाल्यो। व्यापार व्यवसायबाट विस्थापित हुन थाले।’ लकडाउनका कारण घरभाडा, बैंकको ब्याज, आफ्ना परिवार पाल्न व्यवसायीहरुलाई हम्मे-हम्मे परिरहेको उनले बताए। ‘व्यवसायीहरुले भोगिरहेको पीडाप्रति राज्य सम्वेदनशील भएन।’ श्रेष्ठले भने, ‘सरकारले यो महामारीको बेलामा कमसेकम व्यवसायीहरुका लागि केही राहतका कार्यक्रमहरू त ल्याउनु पर्छ नी।’
दाङका होटल व्यवसायीलाई प्रशासनले दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिरहेको दाङ देउखुरी होटल व्यवसायी संघका अध्यक्ष रुद्र डाँगीले गुनासो गरे। ‘हामीलाई संकट व्यवस्थापन केन्द्रको वैठकमा समेत बोलाईदैन।’ डाँगीले भने, ‘सबैभन्दा बढि कर हामीले नै तिर्छौ तर हामीलाई नै उपेक्षा गर्दै आईएको छ।’ होटलकै कारण कोरोना संक्रमण बढि फैलिन सक्ने प्रशासनको बुझाई गलत भएको डाँगी बताउँछन्।
लकडाउनको पछिल्लो स्वरुप व्यवहारिक नभएको गढवा उधोग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताए। ‘कोरोना विरुद्धको लडाईमा हामी सबै एकाकार छौं।’ आचार्यले भने, ‘संक्रमण जहाँ छ त्यहीँ मात्र बन्द गर्नु पर्यो।’
स्वास्थ्य सतर्कता एवं सुरक्षा मापदण्ड पुरा गरेर व्यवसाय संचालन गर्न पाउनु पर्नेमा राप्ती उधोग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जोड दिए। ‘भालुबाङमा संक्रमण फैलिएको छ भने लमही घोराहीमा किन बन्द गर्नु पर्यो?’ पोख्रेलले भने, ‘लकडाउनको व्यवहारिक एवं स्पष्ट मोडालिटी तय गर्नुपर्ने अहिलेको आवस्यकता हो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,