Connect with us
Kapilvast Forest

अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला, १० जना मारिए

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

afakanstan.jpg

एजेन्सी-अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बुधबार बिहान काबुलमा बम हमला भएको छ । घटनामा उनी सुरक्षित रहेको उहाँका प्रवक्ताले जानकारी दिनु भएको हो ।

विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ ।सहरी क्षेत्रमा कुनै कारवाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ ।

विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए ।

‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उहाँ पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो,’ उहाँले भन्नु भयो ।

तालिबानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरैपटक प्राणघातक आक्रमण भएका छन् । गत वर्ष राष्ट्रपतीय निर्वाचनअघि उहाँको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए । उहाँले भने प्रत्येक पटक बच्दै आइरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,