Connect with us
Kapilvast Forest

निजी सवारीमा जोर विजोर र पसल दिन तोकेर खोल्न दिनुपर्ने सुझाव

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

bus park

काठमाडौं – काठाडौं उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो गरी निजी सवारीलाई जोर विजोर चल्न दिने र दिन तोकेर पसल सञ्चालन गर्नु पर्ने निर्णय सहित अन्तिम स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारी तथा अन्य सम्बन्धित सरोकारवालहरुको मंगलबारको बैठकले सो अनुसारको निर्णय गरी गृहमन्त्रालय पठाएको बैठकका एक सहभागीले बताउनु भयो।

यसबारे गृहबाट अनुमति प्राप्त हुनसाथ आजै निषेधाज्ञाको मोडालिटी सार्वजनिक गरिने ती अधिकारीको भनाइ छ । मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर निर्णय गृह मन्त्रालय पठाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि निर्णय गरेको र सोही जानकारी गृह मन्त्रालयमा पठाएको बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,