Connect with us
Kapilvast Forest

करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

ghus

काठमाडौं – प्रहरीले करोडौं रकम हिनामिना गरेर फरार रहेका काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमवार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,