Connect with us
Kapilvast Forest

मल र सिंचाईको ब्यवस्था गर्न वडाध्यक्ष गैरेको माग

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु-
मल र सिचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले सरकारले मल र सिंचाईको ब्यवस्था गर्न सरकारसंग माग गरेका छन । अ्रन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन । ‘ ‘ कपिलवस्तुमा मल र सिचाइृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ । सप्रीरहेको धान बालीकालागि अहिले युरिया मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । कृषि क्रान्तिको नारा दिने वर्तमान दुइृ तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताए । उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,