Connect with us
Kapilvast Forest

भर्चुअल माध्यमवाट भएको वक्तीत्वकलामा प्रकाश मा .वि सून्दरीडाँडा प्रथम

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

 

  • अर्जुन बेल्बासे,कपिलवस्तु-कोरोना भाईरसको कारण जारी निषेधआज्ञाले कपिलवस्तुको शिवराज नगरपालीकाले भर्चुअल माध्यम वाट मंगलवार गरेको वक्तीत्वकला प्रतियोगीता को नतिजा प्रकाशन गरेको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय अनलाइन(भर्चुअल) वकृत्वकला कार्यक्रममा शिवराज नगर भित्रका ९ वटा बिद्यालयले सहभागीता जनाएका थिए ।

अन्तर्राष्ट्रिय शाक्षरता दिवसको अवरमा कोभिड १९ न्युनिकरणमा विधार्थीको भुमीकाको शिर्षकमा नगर स्तरीय वक्तीत्वकला प्रतियोगीता गरेको थियो ।

भर्चुअल माध्यमवाट गरीएको वक्तीत्वकला प्रतियोगीता कार्यक्रममा प्रकाश मा.वि सुन्दरी डाडाका सहभागि निशा गिरी प्रथम, नेपाल आदर्श मा वि शिवपुरका गुञ्जा थारु द्धितीय,समयथान मा।वि खरेन्द्रपुरका नितु न्यौपाने तितृय र शिवगढी इङ्गलिस वोर्डिङ्गका छात्रा आरती रिमाल सान्तवना भएको शिवराज नगरपालिकाका शिक्षा शाखा अधिकृत पुर्ण बहादुर विश्वकर्माले जानकारी दिनु भयो।

भर्चुअल माध्यमवाट गरीएको वक्तीत्वकला प्रतियोगीता कार्यक्रममा नेपाल आदर्श मा वि शिवपुर,दुर्गा भगवती मा.वि नयाँ वस्ती, राष्टिय मा.वि चन्द्रौटा, बाल शिक्षा मा.वि, हल्लानगर, समयथान मा.वि, प्रकाश मा.वि, सरस्वती मा.वि, जनचेतना मा.वि लक्ष्मणपुर र शिवगढी इङ्गलिस वोर्डिङ्गका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।।

प्रतियोगितामा सफता हासिल गरेका सबैलाइ शिवराज नगरपालिकाका नगर प्रमुख नेत्र राज अधिकारीले बधाइ दिदै थप  थप सफलताको शुभकामना दिनु भएको छ। साथै सहभागि सबैलाइ धन्यवाद  दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,