Connect with us
Kapilvast Forest

बिद्युत फ्युज सेवामा कार्यरत कर्मचारीमाथि हातपात

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

hatapata
प्रतिनिधिमुलक तस्विर

अर्घाखाँची -शितगंगा नगरपालिकामा कार्यरत बिद्युत फ्युज सेवामा कार्यरत कर्मचारी लाई शितगंगा नगरपालिका ५ का स्थानियहरुले हातपात गरेका छन । वडा नम्बर ५ मा बिद्युत लाइन मर्मत गर्न गएर फर्कने क्रममा साझं स्थानिय ऐन बहादु घर्ती सँगको बिबादले उघ्र रुप लिँदा बिद्ययुत कार्यलय ठाडाका प्रमुख समेत रहेका जय किसन यादव र धनराज शाही घाइते भएका छन ।

काम बाट फर्कने क्रममा पुर्व प्रहरी समेत रहेका घर्तीले अपज शब्द प्रयोग गर्दै गालि गलौज गर्दौ हातपातमा उत्रेको उनिहरुले बताएका छन । अपरिचित मान्छे कस्को अनुमतिमा आएको भन्दै हातपात गरेको तथा स्थानिय शिक्षक हरि घिमिरेले समेत रहेका झगडामा उर्जा थप्नेकाम गरेको बिद्युत र्कमचारीले आरोप लगाए ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई हिजनै पक्राउ गरेको थियो भने अन्य २ जना समेत सम्पर्कमा रहेका इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।

राति झगडा भएको खबर पाउनासाथ प्रहरी घटना स्थलमा पुगि १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो भने कुटपिटमै संलंग्न अन्य भने फरार रहेका थिए कुटपिट बाट घाइते भएका यादवलाई उपचारकोलागि पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,