Connect with us
Kapilvast Forest

जनप्रतिनिधीले दवाव दिएको भन्दै कर्मचारी द्धारा नगर प्रमुख लाई ज्ञापन पत्रपेश

२०७७, २४ भाद्र बुधबारमा प्रकाशित

sitaganga

अर्घाखाँची-शितगंगा नगरपालिकाका कर्मचारीहरुले आफनो मनोबल गिर्ने गरि जनप्रतिनिधीहरुबाट हुने गरेका कृयाकलाप अन्त्य गर्न अनुरोध गर्दा शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । कर्मचारीले निति र निर्देशन अनुसार काम गर्नु पर्ने भए पनि अनेक बाहानामा जनप्रतिनिधीहरु बाट अपहेलना गर्ने प्रवृती बढेको भन्दै नगरपालिकाका कर्मचारीहरुले हस्ताक्षर गरि बिज्ञप्ति जारि गरि नगर प्रमुख लाई बुझाएका हुन ।

कर्मचारीहरु द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ जगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम लाई निच शब्द प्रयोग गर्दौ निति बिधि र प्रकृयाको खिल्ली उडाउदै निकृष्ट हरकत भएको प्रति नगरपालिकाका कर्मचारीहरुले आपति जनाएका छन ।
शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले अन्य कर्मचारीहरुलाई समेत बिभिन्न स्थानमा अपहेलना तथा हातपातनै हुने गर्दा समेत कर्मचारीहरुको आत्मबल घटाउनेकाम गरे पनि कर्मचारी मौन रहेको कारण अहिले पनि त्यस्तैहर्कत कायम रहेकोले कर्मचारीले सहेर बस्न नसकिने अबस्था आएको बताउनु भयो ।

यस्तै पछिल्लो समय शितगंगा नगरपालिकाका कर्मचारी र जनप्रतिनिध हरु बिच तालमेल हुन सकेको छैन जनप्रतिनिधीले प्रमुख प्रशासकिय अधिकृतले काम रोक्दा समस्या भएको आरोप लगाएका छन भने प्रमुख प्रशासकिय अधिकृतले निति बाहिर काम गर्न दवाव दिने र प्रकृया नपुगेका कामको भुक्तानी तथा मुल्याङकन गर्न नमान्दा बिबाद भएको कर्मचारीहरुले निति भित्र कुनै काम नगरेको प्रमाण पेश गरे कारवाहीको भागेदार भन्न तयार रहेको बताउनु भएको छ ।

पछिल्लो बैठमकमा समेत बिबादको कारण भने नियम बिपरित कर्मचारी भर्ना गर्ने बिषयमा कुरा नमिले पछि भएको गौतमले बताउनु भयो नगर प्रमुखको सहयोगीको रुपमा नियम बिपरित कर्मचारी भर्ना गर्न बिधिले नदिने भएकोले त्यलाइ स्बिकार गर्न नसकिएको गौतमले बताउनु भयो ।

                                                    ज्ञापन पत्र

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,