Connect with us
Kapilvast Forest

अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

astreliya

एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो ।

लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जीत्ने टोली विश्व बरियतामा शीर्ष स्थानमा उक्लिने समीकरण बनेको थियो ।

जीतका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जीतसँगै अष्ट्रेलिया २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,