Connect with us
Kapilvast Forest

भारतमा कोरोना संक्रमित आज सम्मकै धेरै, २४ घण्टामा ९५ हजारमा संक्रमण

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

corona

काठमाडौं- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,