Connect with us
Kapilvast Forest

विपन्न नेपालीलाई भारत छिर्नै महाभारत

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

 

काठमाडौं- विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ।

तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् ।

बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन्।नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक ।

भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उहाँले भन्नु भयो , ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो । त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उहाँ धेरैबेरसम्म निःशब्द हुनु भयो।

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन।

त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घरपरिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ।

‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन ।

गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भन्नु भयो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,