Connect with us
Kapilvast Forest

युरिया मल हाल्न नपाएपछि धानमा गबारो कीरा लाग्यो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

dhan

चितवन- युरिया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो कीराले नोक्सान गर्न थालेको छ।

धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाइदिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार किसानले झोल र दाना विषादी छरेपनि रोग नियन्त्रणमा आउन सकेको छैन।

खेतका बिच-बिचमा थेग्लाथेग्ला भएर कीरा लागेको छ। त्यही ठाउँमा विषादी छर्न पर्नेमा सबै ठाउँमा किसानले विषादी छरेकाले रोग नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ। उनले भने, ‘रोग देखिएको ठाउँमा बिषादी छर्नु पर्नेमा सबै ठाउँमा छर्दा प्रभावकारी हुन सकेन। गबारोले गुभो नोक्सान गरेको छ।’ गबारोको लार्भा, प्यूपा हुँदै पुतली बनेको छ।

पुतलीले ५/७ दिन भित्रमा पातमा फुल पार्ने र फुलबाट लार्भा निस्किएर धानको वालाको तल्लो कलिलो भाग खाइदिने उनको भनाइ छ। तिमिल्सिनाले कीराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिने जानकारी दिए। समयमा रोगको नियन्त्रण गर्न सकेमा रोगलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

किसानको पुरानो अभ्यासअनुसार नै बारीको ठाउँठाउँमा टायर बालेर त्यसको तल भाँडामा सर्फपानी राखेमा उज्यालोमा आएका कीराहरू झरेर मर्ने उनले जानकारी दिए। पुतलीको माउ र फुल सजिलै चिन्न सकिने भन्दै उनले यो सङ्ख्या धेरै नहुने भएकाले कृषकले प्रत्यक्ष रुपमा नष्ट गर्न सक्ने बताए।

उनले भने, ‘धेरै लागेको ठाउँमा पनि एक कट्ठामा ४०/५० भन्दा बढी पुतली हुँदैन। यसो गर्न सकेमा रसायनिक विषादीमा खर्च गर्नु नपर्ने उनको भनाइ छ। गबारोले जिल्ला भरि नै देखिएको उनले जानकारी दिए।

यस्तै धानको पातमा लाम्चो कालो हुने ‘सिथ व्लाइट’ रोग पनि देखिन थालेको छ। यो रोगले धानको पात सुकाउँछ। पसाउने वेलाको धानमा देखिएको छ। धानमा नै सेतो झिङ्गा पनि देखिन थालेको छ। यसले रस चुसेर बोट पहेँलो बनाएर क्षति पु¥याउने उनको भनाइ छ। यो रोग पूर्वी चितवनमा बढि रहेको छ। जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,