Connect with us
Kapilvast Forest

विश्वमा कोरोनाका कारण मर्नेको संख्या ९ लाख नाघ्यो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

corona_udate

एजेन्सी- विश्वमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्यु बुधबार ९ लाख नाघेको छ।य स्तै संक्रमित संख्या २ करोड ७७ लाख पुगेको रोयटर्सले जनाएको छ।

रोयटर्सका अनुसार संक्रमणबाट सर्वाधिक प्रभावित मुलुकमा अमेरिका पहिलो स्थानमा छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः ब्राजिल र भारत छन्।

संक्रमणबाट अमेरिकामा हालसम्म १ लाख ९० हजार बढी मानिसको मृत्यु भइसकेको छ भनेर संक्रमित संख्या ६३ लाख पुगेको छ।यस्तै ब्राजिलमा मृतक संख्या १ लाख २७ हजार नाघेको छ भने भारतमा ७४ हजारको नजिक पुगेको छ।

सोमबार भारतमा ९० हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेका थिए। यो संख्या महामारी सुरू भएयता विश्वको कुनै पनि मुलुकमा एकैदिन भेटिएको उच्च संख्या हो।ब्राजिलको संक्रमित संख्या ४३ लाख नाघेको छ भने भारतमा ४१ लाख नाघेको छ।

भारत पछिल्लो समय संक्रमणको केन्द्रबिन्दु बनेको छ। भारत विश्वको सर्वाधिक जनसंख्या भएको दोश्रो मुलुक हो।यस्तै मृतक संख्या थपिने क्रम पनि भारतमा बढेको छ। पछिल्ला दुई सातादेखि भारतमा प्रत्येक दिन औषतमा हजारबढी मानिसको कोरोनाबाट मृत्यु हुँदै आएको छ।

विश्वको कुल मृतक संख्याको आधा संख्या अमेरिकाबाट छन्। यस्तै मेक्सिको, पेरू, कोल्मबिया, चिलि र एक्वाडरमा पनि मृतक संख्या उच्च छ।

रोयटर्सले दिएको तथ्यांक अनुसार विश्वमा कोरोनाका कारण प्रतिदिन औषतमा ५६ सय बढी मानिसहरूको मृत्यु हुने गरेको छ। यो बितेका दुई साताको तथ्यांक हो। १८ दिनको अवधिमा मृतक संख्या ८ लाखबाट ९ लाख पुगेको छ।भारतको मृतकदर एक प्रतिशत रहेको छ भने अमेरिका र ब्राजिलको ३ प्रतिशतको हाराहारीमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,