Connect with us
Kapilvast Forest

सहमतिको नयाँ प्रस्ताव, ओलीलाई सरकार, प्रचण्डलाई कार्यकारी अधिकार

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

kp_prachanda

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीभित्र विवाद समाधान र सहमति निम्ति नयाँ प्रस्ताव तयार गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको भेटवार्तामा यस्तो प्रस्ताव तयार पारिएको छ।

प्रस्तावमा उल्लेख भएअनुसार अब ओलीलाई सरकार र दाहाललाई पार्टी सञ्चालन गर्ने कार्यकारी अधिकार रहनेछ। पछिल्लो सहमतिको प्रस्ताव शुक्रबार (भोली) का लागि तय गरिएको स्थायी कमिटी बैठकमा पेस हुनेछ।

पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले साउन ३० गते एक कार्यदल निर्माण गरेका थिए। एक सातासम्म छलफल गरेर कार्यदलले भदौ ५ गते १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले त्यही प्रतिवेदनलाई केही संशोधनसहित स्थायी कमिटीमा पेस गर्नका लागि सहमति प्रस्ताव तयार पारेका हुन्। ओली र दाहालबीचको भेटवार्तामा पार्टी महासचिव तथा विवाद समाधान कार्यदल संयोजक बिष्णु पौडेल समेत सहभागी थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,