Connect with us
Kapilvast Forest

सिरहा कारागारका ५९ कैदी बन्दीमा कोरोना

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

जनकपुरधाम –कोचाकोच गरेर कैदी बन्दी राखिएको सिरहा सदरमुकाम सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष रहनु भएको छ ।केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको महतोले बताउनु भयो ।

‘नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौं । तर, उहाँहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ महतोले भन्नुभयो, ‘उहाँहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गराएका थियौं ।’ महतोले पहिला देखिएका ७ जना संक्रमितको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिनु भयो ।

महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउँदै यसपटक पनि देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताउनु भयो । यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।यसअघि रिहा गरिएको थियो २१ कैदी बन्दी

यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो । गत चैतको दोस्रो साता जिल्ला अदालतको आदेशमा एक वर्षभन्दा कम समयको कैद सजाय पाएका उहाँहरुलाई रिहा गरिएको थियो ।

सिरहा कारागारको १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ । यसमध्ये १८ जना महिला र २ जना आश्रित बालबालिका रहेको कारागार प्रमुख महतोले बताउनु भयो ।

कारागारको क्षमताभन्दा धेरै कैदी बन्दी भएकाले संक्रमितलाई राख्ने ठाउँको पनि अभाव भएको छ । ‘उनीहरुलाई यहीँ त राख्ने हो के गर्ने रु’ महतोले भन्नु भयो, ‘सतर्कता चाहिँ अपनाउन लगाएका छौं ।’बिहीबार र शुक्रबार कारागारका सम्पूर्ण कैदी बन्दी र कर्मचारीको स्वाब संकलन गरिने उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,