Connect with us
Kapilvast Forest

प्रदेश ५ सीमाक्षेत्रमा सशस्त्रको उच्च निगरानी

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

बुटवल- बन्दाबन्दी तथा कोभिड–१९ को जोखिमको समयमा सीमा तस्कर बढदै गएको गुनासाहरु आएपछि सशस्त्र प्रहरी बलले तस्करहरुलाई नियन्त्रण तथा कार्वाही गर्न शुरु गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि गृह मन्त्रालयको निर्देशन बमोजिम सीमाक्षेत्र पुर्णरुपमा शिल गरि उच्च सर्तकता अपनाएको सशस्त्र प्रहरीले मानिसहरुको आवत जावतमा समेत बन्द गरेको छ ।

कोभिड नियन्त्रण तथा बाढि पहिरो पिडित उद्धार र चोरि तस्करी नियन्त्रणलाई मुख्य प्राथामिकतामा राखेर सशस्त्र प्रहरी बल प्रदेश नम्बर ५ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरिक्षक किसोर प्रधानले अप्रेसन शुरु गरेपछि प्रदेश मातहतमा रहेका भारतिय सीमाक्षेत्र सशस्त्रको उच्च निगरानी रहेको देखिन्छ ।
बन्दाबन्दी शुरु भएदेखि नै सीमामा क्षेत्र अस्थायी पोस्ट खडा गरेर बसेको सशस्त्र प्रहरीले बिना पुर्वाधार तथा साधन स्रोतको अभावमा पनि सुरक्षा चुनौतीको सामना गरेको सम्मरीमाई गाउँपालिका,रुपन्देहीका स्थानिय सञ्चारकर्मी अस्लम खाँनले बताउनु भयो । चैत महिना देखि नै सशस्त्र प्रहरी पालमुनि बसेका छन् खानँले भन्नुभयो, “बर्षा तथा रातको समयमा ज्यानको उच्च जोखिम रहदा पनि जनताको सेवामा खटिएको देख्दा उहाँहरुको देश तथा जनता प्रति सुरक्षामा बढि चासो भएको देखिन्छ ।”

APF NEPA_NewsCenterNepal

APF NEPA_NewsCenterNepal

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्न थालेपछि चोरि तस्करीमा पनि नियन्त्रण भएको सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा.ले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलले सीमाक्षेत्रमा मानिसहरुको आवत जावत नियन्त्रण गर्न र चोरि तस्करी नियन्त्रणका लागि दशगजा क्षेत्रमा अस्थायी पोस्ट डिउटी, दशगजा देखिको केहि दुरिमा अर्को गस्ती टोलि र तेस्रो तहमा मोटर मोवाईल गस्तीले निरन्तरता दिएकाले चोरि तस्करी नियन्त्रणमा समेत ठुलो सफलता हात परेको बताउनुभयो ।

सीमाक्षेत्रमा मात्र नभएर सशस्त्र प्रहरीले बजारक्षेत्र तथा जिल्ला सुरक्षामा अवस्थालाई हेरेर आफ्नो गस्ती बढाउने गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा रुपन्देहीको सुचना शाखाले जानकारी दिएको छ । नेपालको सबैभन्दा धेरै मानिसहरुको आवत जावत हुने बेलहिया नाकालाई समेत व्यवस्थित बनाउने काम सशस्त्र प्रहरीले गरेको छ ।

दैनिक रुपमा मालवाहक कन्टेनरहरुको नेपाल तर्फ आउने वातावरण बनाउने र मानिसहरुलाई सीमा क्षेत्रमा आवत जावतमा निगरानी गर्नका लागि सशस्त्र प्रहरी निरिक्षक बिजय थापाको टोलिले व्यवस्थापन गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा रुपन्देहले जनाएको छ ।
जिल्लाको पुर्विक्षेत्र धकधई, पजरकट्टी, भगवानपुर नाका र पश्चिमक्षेत्र मर्चवारमा समेत सशस्त्र प्रहरीले सुरक्षा निगरानी कडा गरेको स्थानियहरुले बताउने गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,