Connect with us
Kapilvast Forest

एकै घरका‌‌ ११ जनामा कोरोना संक्रमण

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

corona

झापा-झापामा एकै घरका ११ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।कनकाई नगरपालिका(३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनु भयो ।

नगरप्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई कोरोना पुष्टि भएको छ। घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले होम‌ आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्‍याएको नगरप्रमुख पोखरेलले बाताउनु भयो ।

झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो पहिलो घटना हो। कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ९ जना होम(आइसोलेसन, १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का एक जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेका नगरप्रमुख पोखरेलले बताउनु भयो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,