Connect with us
Kapilvast Forest

बाढीमा बेपत्ता २१ जनाको शव भेटियो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

pahiro
साकंकेतिक तस्विर

बागलुङ – बागलुङको ढोरपाटट स्थित भुजिखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।गत भदौ १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ ।

बुधबारमात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका – ६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनु भयो ।

दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मंगलबार पनि दुई जना महिलाको बडिगाड खोलामा शव फेला परेको थियो ।

१९ जनाको शव पहिचान पश्चात परिवारलाई जिम्मा लगाएर अन्त्येष्टि गरिसकिएको छ । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आफन्त र प्रहरीले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएका छन् ।भूजिखोलामा आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,