Connect with us
Kapilvast Forest

खानेपानी संस्थानका सहायक प्रशासक घुससहित पक्राउ

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

ghus

पोखरा-नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ । पक्राउ पर्नेमा नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले हुनुहुन्छ ।

उहाँलाइ घुस लिएको आरोपमा बिहीबार पक्राउ गरीएको हो । घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार रुपैयाँ घुस लिदै गर्दा बिहीबार बिहान ११ बजे रंगेहात पक्राउ गरिएको अख्तियार दूरुपयोग आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनु भयो ।

सेवाग्राहीबाट नगद लिदै गरेको अवस्थामा पोखरा–१ बगरस्थित एक मःमः रेष्टुरेण्टबाट पक्राउ गरिएको उहाँले बताउनु भयो। पक्राउ गरिएका वाग्लेलाई नियन्त्रणमा अनुसन्धान थालिएको जानकारी दिनु भयो ।

Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,