Connect with us
Kapilvast Forest

शुक्रबारको बैठकबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

mantri

काठमाडौं — बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बुझिएको छ ।यस अघि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने भनिसकेका छन् ।

शुक्रबार बस्ने मन्त्रिपरिषद्को प्राधिकरणको कार्यकारी निर्देशकका साथै सरकारको प्रवक्ता र केही मुलुकका लागि राजदूत समेत सिफारिस गर्ने पनि तयारी रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,