Connect with us
Kapilvast Forest

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना सङक्रमितको मृत्यु

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

chitwan_medical

चितवन-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका-११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनु भयो ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,