Connect with us
Kapilvast Forest

घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

death

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ ।

स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दुरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको मृत्यु भएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,