Connect with us
Kapilvast Forest

कपिलबस्तुमा कोरोनाबाट १ जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

corona

कपिलबस्तु-कपिलबस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका वडा नं. ६ का२९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । उनि मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए ।

बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारकोक्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक मजदुरको काम गर्ने गर्थे ।

यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ । जिल्लामा आज थप ४६ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,