Connect with us
Kapilvast Forest

प्यूठानमा लकडाउन खुकुलो

२०७७, २५ भाद्र बिहीबारमा प्रकाशित

प्यार अलि खाँन-
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको वैठकले प्यूठानमा जारी लकडाउन खुकुलो गरेको छ। विहिवार खलंगामा बसेको वैठकले शुक्रवार विहान देखि सबै व्यापारीक प्रतिष्ठान तथा उधोग खुल्ला राख्नुका साथै जिल्ला भित्र सार्वजनिक यातायात संचालन समेत गर्ने दिने भएको छ।

सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सावधानी अपनाएर व्यवसाय संचालन गर्न पाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए। मापदण्डमा खेलवाड गर्नेलाई अनुगमन गरि शिल गरिने भएको छ।

सवारी भाडामा पचास प्रतिशत थप भाडा लिई आधा सिटमा मात्र यात्रु राखी सार्वजनिक यातायात संचालन गर्न पाउने निर्णय भएको प्रजिअ भुसालले बताए। ‘मास्क स्यानीटाइजर र सामाजिक दुरी अनिवार्य सर्त हो।’ भुसालले भने, ‘मापदण्ड पुरा नगरे तत्काल कार्वाही गर्छौं।’ जोर-बिजोर प्रणालीमा यातायात संचालन हुने उनको भनाई छ।

जिल्लामा सभा सम्मेलन कुनै पनि कार्यक्रम गर्न नपाईने भएको छ भने होटल व्यवसायीले प्याकेटमा विक्री वितरण गर्न पाउने तर होटलमै राखेर सेवा दिन नपाईने निर्णय भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,