Connect with us
Kapilvast Forest

पीएसजी पहिलो खेलमै लेन्ससँग स्तब्ध

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

एजेन्सी — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा बिहीबार लेन्ससँग स्तब्धपूर्ण हार बेहोरेको छ ।

यसै सिजन मात्र बढुवा भएर आएको लेन्स १–० ले विजयी रह्यो ।

त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गरे । स्टार खेलाडी केलियन एमबापेसहित सात खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको हुँदा यो खेल हुने नहुनेमा शंका थियो ।

लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको थियो । पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ, त्यसमा आफ्ना प्रमुख खेलाडी टिममा फर्काउने प्रयास गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,