Connect with us
Kapilvast Forest

ट्रम्प र बाइडन ह्याकरको निसानामा

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

trump

आगामी चुनावको अभियानमा सक्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडन साइबर हमलाको निसानामा परेको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले ट्रम्प र बाइडन रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरुको निशानामा परिरहेको जनाएको छ ।

माइक्रोसफ्टका अनुसार अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनाधिकृत रूपमा लिने प्रयास भइरहेको पाइएको हो । विश्व विख्यात प्रविधि कम्पनी माइक्रोसफ्टले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिकको चुनावी अभियानको तथ्यांक अनाधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू रहेको पनि जनाएको छ।

होमल्याण्ड सेक्युरिटी मन्त्रालयका साइबरसम्बन्धी उच्च अधिकारी क्रिस्टोफर क्रेब्सले पनि यसअघि गुप्तचर समुदायले भन्दै आएको कुराकै पुष्टि माइक्रोसफ्टले गरेको बताएका छन्। चुनावलाई लक्षित गर्दै विदेशी समूहले आफ्ना प्रयास बढाएको स्पष्ट भएको माइक्रोसफ्टले जनाएको छ।

माइक्रोसफ्टको विज्ञप्तिमा उल्लेख भए अनुसार स्ट्रनटियम समूहका रुसी ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्र्याटहरूसँग जोडिएका २ सय भन्दा बढी संगठनलाई लक्षित गरी गतिविधि अघि बढाएका छन् । साइबर हमलामा सक्रिय त्यही समूहले बेलायतका राजनीतिक पार्टीहरूलाई पनि निसानामा पारिरहेको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टका अनुसार चिनियाँ ह्याकरहरूले बाइडनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिलाई लक्षित गरेका छन् भने इरानका ह्याकरले भने ट्रम्पको अभियानसँग सम्बन्धित मानिसलाई लक्षित गर्ने निरन्तर प्रयास गरिरहेका छन्।

ह्याकरहरुको समूह स्ट्रनटियमलाई फ्यान्सी बियरको नामले पनि चिनिन्छ । जुन रुसी सेनाको गुप्तचर निकाय जीआरयुसँग आवद्ध रहेको समेत बताइन्छ। माइक्रोसफ्टका अनुसार धेरैजसो साइबर हमलाहरू सफल भएका छैनन्। चिनियाँ समूहले भने बाइडेनको अभियानमा आवद्ध रहेका मानिसहरूको व्यक्तिगत इमेल खातामा हमला गरेको माइक्रोसफ्टको दावी छ । बीबीसी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,