Connect with us
Kapilvast Forest

नविल बैंकले साइकल किन्न २ लाखसम्म लोन दिने

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

cycle_Newscenternepal

काठमाडौं- नविल बैंकले साइकल किन्न २ लाखसम्म लोन दिने भएको छ। यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्नेछ। यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन।

‘२ लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा २ लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिनुभयो ।

अधिकारी त्रिपाठीका अनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ। बैंकले यो योजनाको लागि पानी पोखरीस्थित काठमाडौं बाइक स्टेशन र पोखराको चालिसे एण्ड सन्ससगँ सम्झौता गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,