Connect with us
Kapilvast Forest

जातीय विभेद गर्नेलाई जेल सजाय

२०७७, २६ भाद्र शुक्रबारमा प्रकाशित

file photo

गुल्मी-जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।

काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उहाँको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरिएको थियोे । मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १५ सय जरिवाना तिर्न लगाएका थिए ।

पीडकविरुद्ध नेपालीलाई अदालतमा जतीय विभेद तथा छुवाछुतको मुद्दा हाले पछि सोही अनुरुप चलिरहेको बहसका क्रममा प्रहरी हिरासतमा रहेका काउछालाई ६० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । यसबारे फैसला गर्दै न्यायाधीश उप्रेतीले मगरलाई ३ महिना कैद सजाय, ५० हजार जरिवाना र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले जानकारी दिनु भयो ।

जिल्लाका अगुवा दलित अधिकारकर्मीसमेत रहेका विश्वकर्माले जिल्लामा जातीय विभेद विरुद्धको मुद्दामा जेल सजायको फैसला सुनाइएको यो पहिलो घटना भएको बताउनु भयो । काउछाले आगामी ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने छन् । त्यस अवधि नाघे लगतै उनलाई पक्रेर जेल चलान गरिने अदालतले जनाएको छ ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,